काठमाडौँ – ईन्डियन प्रिमियर लिग क्रिकेट, बिश्वकप क्रिकेट, च्याम्पियनसिप, फुटवलसमेतका खेलमा विभिन्न व्यक्तिलाई हारजितको वाजी राख्न लगाई सट्टावाजी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।
खेलमा सट्टावाजी गरी अवैध रुपमा रकम असुली गर्ने कार्यमा संलग्न काठमाडौँ महानगरपालिका–१५ स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चेका ३६ वर्षीय बज्र प्रकाश लामा, काठमाडौँ स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चे घर भएका ३० वर्षीय विद्युत प्रकाश लामा र काठमाडौँ महानगरपालिका–१५ रानीवन बस्ने रामेछाप लिखु गाउँपालिका–२ सैपु घर भएका ३३ वर्षीय उमेश कार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखा काठमाडौँबाट खटिएको प्रहरीले उनीहरुलाई काठमाडौँको बिजेश्वरी र न्यूरोडबाट सट्टावाजीमा प्रयोग भएको १ लाख रुपैयाँ नगदसहित फेला पारी पक्राउ गरेको हो। उनीहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बिहीबार महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ।