काठमाडौँ – चौधरी ग्रुपले आईसीसी वर्ल्डकपलाई लक्षित गर्दै नयाँ उपहार योजना सार्वजनिक गरेको छ। कम्पनीले राजधानीमा एक कार्यक्रमबीच उक्त नयाँ योजना सार्वजनिक गरिएको हो।
सो उपहार योजनाअन्तर्गत ग्राहकहरूले सीजी ब्राण्डका विभिन्न टेलिभिजनहरू खरिद गर्दा तीन वर्षसम्मको वारेन्टीका साथै २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
साथै, फेसबुकमा सञ्चालित प्रिडिक्ट एण्ड विनमा सहभागी भई प्रत्येक दिन लक्की ड्रमार्फत आकर्षक गिफ्ट ह्याम्पर पनि जित्न सकिनेछ। यो योजना कम्पनीले जेठ २० गतेदेखि देशभर सीमित अवधिका लागि मात्र लागू गर्ने कम्पनीले जानकारी दिइएको छ।