काठमाडौँ – विश्वकप क्रिकेटअन्तर्गत सोमबार घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तानबीच खेल हुँदैछ। खेल नेपाली समयअनुसार सवा ३ बजे ट्रेन्ट ब्रिजमा हुनेछ।
उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई पराजित गरेको इंग्ल्यान्ड सोमबारको खेलमा दोस्रो जितको खोजीमा हुनेछ भने पहिलो खेलमा वेष्ट इन्डिजसँग ७ विकेटले पराजित पाकिस्तान प्रतियोगितामा पहिलो जितको खोजिमा हुनेछ।
केही दिनअघि भएको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा इंग्ल्यान्डसँग ४–० ले सिरिज गुमाएको पाकिस्तानलाई सोमबार इंग्ल्यान्डमाथि घरेलु मैदानमा जित निकाल्न कठिन हुने अनुमान गरिएको छ। पाकिस्तान पनि इंग्ल्यान्डकै घरेलु मैदानमा सिरिजमा हारेको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ। त्यो पाकिस्तानका लागि एउटा अवसर पनि हो।
पाकिस्तानी टिममा सर्फराज अहमद (कप्तान), फखर जमान, इमाम उल हक, बाबर आजम, हरिस सोहेल, मोहम्मद हफिज, सोहेब मलिक, आसिफ अलि, इमाद वासिम, सादब खान, मोहम्मद आमिर, मोहम्मद हसनाइन, हसन अलि, वाहव रियाज, साहिन शा अफ्रिदि छन्।
उता, इंग्ल्यान्डको टिममा इओइन मोर्गन (कप्तान), जोनी बैरस्टोव, टोम कुरान, लियाम प्लुंकेट, जोइ रुट, बेन स्टोक्स, क्रिस वोकस, मोइन अली, जोस बुटलर, आदिल रशिद, जासन रोय, मार्क वोड, जोफ्रा आर्चर, जेम्स भिन्स र लियाम डवसन रहेका छन्।