काठमाडौँ – अब अनलाइनबाटै घरजग्गाकाे खरिदविक्री वा कारोबार गर्न सकिने भएको छ। घरजग्गा कारोबारलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल रियल स्टेट अर्गनाईजेशन (एन–रियो)को गठन गरिएको छ।
घरजग्गा खरिदविक्री गर्ने एजेन्ट र एजेन्सीहरूलाई एकबद्ध गरी अनलाइनबाट नै मन परेको घर र जग्गा छनोट गरी किनबेचको वातावरण निर्माणका लागि यस्तो गरिएको जनाइएको छ।
देशमा घरजग्गा कारोबारमा निकै प्रतिस्पर्धा मौलाएको हुनाले यसलाई रोक्ने अनलाइन प्रणालीको सुरूवात गरिएको जनाइएको छ। संंस्थाले घरजग्गाको कारोबार गर्दा वास्तविक मूल्य थाहा दिन र घर जग्गा कारोबारलाई व्यवस्थित गर्नका लागि मल्टी लिस्टिङ सिस्टम (एमएलएस) तयार गरिएको जानकारी दिएको छ।
सिस्टममा ब्रोकरले कुनै पनि व्यक्तिले विक्री गर्न लागेको घरजग्गाको वास्तविक मूल्यसहित राखिनेछ। त्यसैगरी, सोही आधारमा कुनै पनि व्यक्तिले संस्थामा आवद्ध भएका एजेन्ट र एजेन्सीमार्फत खरिद गर्न सक्नेछन्। एमएलएस सिस्टममा उक्त संस्थामा आवद्ध भएका सबै ब्रोकरहरूले विक्रीका लागि आएका घरजग्गाको विवरण अपलोड गर्न सक्नेछन्।