काठमाडौँ – नेपाल बैंक लिमिटेडले पोखरा महानगरपालिका– २७ लेखनाथस्थित तालचोकमा नयाँ शाखा विस्तार गरेको छ। पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र बैंकका कामु प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा उक्त शाखाको उद्घाटन गरे।
उक्त अवसरमा प्रमुख अतिथि जिसीले बैँकहरूले उत्पादनशील क्षेत्रमा लगानी बढाउनु पर्ने बताए। बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अधिकारीले विगत ८ दशकयता नेपालमा बैंकिङ सेवा पुर्याउँदै आएको बैंकलाई वर्तमान पुस्ताको आवश्यकता बमोजिमका सबै आधुनिक सेवा सुविधासहित प्रतिष्पर्धी ढंगले अघि बढाउने प्रतिवद्धता प्रकट गरे।