काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेड र किष्ट हस्पिटल काठमाडौँबीच छुटसम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका नायव प्रमुख बजार व्यवस्थापन अधिकृत दीपक ढकाल र किष्ट हस्पिटलको तर्फबाट नायव निर्देशक सुरज बज्राचार्यले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकले किष्ट हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधामा १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।
बैंकले मुलुकभर २ सय ८४ शाखा कार्यालय, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।