काठमाडाैँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले जन्डिस लागेर बिरामी भई उपचारको क्रममा मृत्यु भएका भानु ३, साँखुली निवासी टोपबहादुर थापाको पत्नी भगवती थापालाई २ लाख १४ हजार ६५ दाबी भुक्तानी वितरण गरेको हो।
कम्पनीले जेठ १६ गते एक कार्यक्रमका बीच बीमितको स्थाई घर रहेको निजकै घरदैलोमा गई बिमित थापा र मृतक भगवती थापालाई सो दाबी भुक्तानी वितरण गरेको हो। मृतक थापाले मुक्तिनाथ विकास बैंक मार्फत नेपाल लाईफमा १८ हजार १ सय १९ रकम बुझाएर २ लाख १० हजारको जीवन सहारा जीवन बीमा गरेको थियो।
उक्त कार्यक्रममा नेपाल लाइफका दमौली शाखा प्रमुख बिष्णुबहादुर अधिकारी, मुक्तिनाथ विकास बैंकका इश्वर सापकोटा तथा बेद प्रसाद ढकालले संयुक्त रुपमा मृतकपत्नी भगवती थापालाई दाबी रकम बापतको चेक हस्तान्तरण गरेको थियो।
नेपाल लाइफ इन्स्योरेन्स दमौली शाखा प्रबन्धक अधिकारीले जीवन बीमामा मृत्यु हुँदा एकमुष्ट रकम बोनस सहित फिर्ता हुने, अभिभावकको मृत्यु हुँदा बच्चाको मासिक पढाई खर्च, किस्ता छुट साथै एकमुष्ट फेरी पढाई खर्च पाइने, केही नहुदा अवधि समाप्ति पछि एकमुष्ट बिमाङ्क रकम र बोनस पाईने विशेषता रहेको हुँदा जीवन बीमा गरी आर्थिक जोखिमबाट सुरक्षित हुन अपिलसमेत गरेका थिए।