काठमाडौँ – ग्लोबल आईएमई बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानबीच बैंकास्योरेन्स सम्झौता भएको छ। सम्झौताअनुसार बैंकले संस्थानको संस्थागत अभिकर्ताको रुपमा ग्राहकहरुलाई जीवन बीमा सेवाहरु प्रदान गर्ने भएको छ।
यसैगरी, सम्झौतासँगै राष्ट्रिय बीमा संस्थानका सबै बीमालेखहरू आगामी दिनमा ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखाहरूबाट खरिद गर्न सकिनेछ। यसबाट दुवै पक्षको व्यवसायमा उल्लेखनीय वृद्धि हुने र ग्राहकहरुलाई उत्कृष्ट सेवा पुग्ने विश्वास राखिएको राष्ट्रिय बीमा संस्थानले जनाएको छ।
सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका तर्फबाट कामु कार्यकारी अधिकृत महेश शर्मा ढकाल र राष्ट्रिय बीमा संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठकले हस्ताक्षर गरेका छन्।