काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले जेठ २४ गतेदेखि ऋणपत्र विक्री खुला गर्ने भएको छ। बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख इकाई ऋणपत्र विक्री खुला गर्न लागेको हो।
यसमध्ये, ७ लाख ६० हजार इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। यस्तै, ४० हजार इकाई सामूहिक लागानी कोषहरुलाई छुट्याइएको छ। बाँकी १२ लाख इकाइ भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई विक्री गर्नेछ।
यस ऋणपत्रमा वार्षिक १० दशमलव ५५ ब्याजदर तोकिएको छ। बैंकले ‘१० दशमलव ५५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२’ नाममा ऋणपत्र जारी गर्न लागेको हो। प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। यो ऋणपत्रमा छिटोमा जेठ २८ गतेसम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा आवश्यक मात्रामा विक्री नभएमा भने असार २२ गतेसम्म भर्न सकिनेछ।
विक्री प्रबन्धक सिद्धार्थ क्यापिटले गर्ने भएको छ। यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट आवेदन दिन पाइनेछ। साथै, सी–आस्वाको माध्यमबाट पनि भर्न सकिनेछ। यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने (इक्रएनपी) एलए प्लस रेटिङ दिएको छ।