काठमाडौँ – सिद्धार्थ बैंकले ललितपुरको चापागाउँ र काठमाडौँको रामकोटमा शाखा खोलेको छ। बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्याउने उद्देश्यले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।
बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाईको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।
बैंकले देशभर १ सय ५६ वटा शाखा (४ एक्स्टेन्सन काउन्टरसहित) एक सय शाखा बैंकिङ सेवा र १ सय ६८ वटा एटीएमबाट ग्राहकहरुलाई सेवा सुविधा प्रदान गर्दै आएको छ।