काठमाडौँ – कुमारी बैंक लिमिटेडले सोलुखुम्बुको दिङ्गबोचेमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ। उक्त एटीएमको उद्घाटन बैंकका नायब महाप्रबन्धक मनिष तिमिल्सिना तथा त्यस क्षेत्रका वरिष्ठ बासिन्दा फुताशी शेर्पाले गरेका हुन्।
बैंकले सर्वोच्च शिखर सगरमाथा आरोही, पर्यटक तथा स्थानीयको दैनिक आर्थिक कारोबार सहजीकरण गर्ने उद्देश्यले एटीएम राखेको बैंकले जनाएको छ। खुम्बु पासाङ ल्हामु गाउँपालिका–४, दिङ्गबोचे, सोलुखुम्बु स्थित ४ हजार ४ सय १० मिटर उचाइमा अवस्थित एटीएम देशकै सबैभन्दा अग्लो ठाउँमा रहेको बैंकको दाबी छ।
बैंकले देशभर रहेका ९० शाखा सञ्जाल, ८४ एटीएम, ३ एक्टेनशन काउन्टर लगायत ३ वटा शाखारहित इकाई मार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।