बुटवल - प्रदेश ५ सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। प्रदेशसभा भवन बुटवलमा आज सोमबार साँझ बसेको छैटौँ बैठकले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो।
विपक्षी दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर हमालको नेतृत्वमा ६ जना प्रदेशसभा सदस्यहरूले प्रदेशसभामा दर्ता गरेको संशोेधन प्रस्ताव बहुमतले अस्वीकृत गरेपछि नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो।
यसअघि आइतबार नै नीति तथा कार्यक्रमले समग्र प्रदेशको विकासको गतिलाई प्रतिनिधित्व गर्न नसकेको भन्दै प्रदेशसभा सदस्यहरू निर्मला क्षत्री, वीरबहादुर राना, फकरुद्दिन खान, अर्जुन श्रेष्ठ, भुवनेश्वर चौधरीले संयुक्त रूपमा संशोधन प्रस्ताव दर्ता गराएका थिए।