काठमाडौँ – गरिमा विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौता पत्रमा गरिमा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्दप्रसाद ढकाल र महालक्ष्मी लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सो सम्झौताअनुसार गरिमा विकास बैंकले देशभर रहेका आफ्ना ७६ शाखाहरूबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु विक्री गर्ने बैंकले जनाएको छ।
महालक्ष्मी लाईफ इन्स्योरेन्स सावधिक बीमा योजना, डबल सावधिक बीमा योजना र लगानी फिर्ता बीमा योजना सार्वजनिक गर्दै २७ वटा शाखाहरु तथा उपशाखा कार्यालयहरुबाट कारोबार प्रारम्भ गरिसकेको इन्स्योरेन्स कम्पनीले जनाएको छ।