काठमाडौँ – कामना विकास बैंकले आफ्ना ग्राहकहरूलाई थप सेवा प्रदान गर्ने उद्देश्यले भरतपुर महानगरपालिका भरतपुरस्थित सेन्ट्रल अस्पताल र नेशनल सिटी अस्पतालसँग औषधि तथा उपचारमा छुट पाउने सम्बन्धमा सम्झौता भएकाे छ।
उक्त सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट बैंकका डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ प्रमुख सुवास भट्टराई, भरतपुर सेन्ट्रल अस्पतालको तर्फबाट कार्यकारी निर्देशक शोभाखर घिमिरे र नेशनल सिटी अस्पतालकाे तर्फबाट हस्पिटल प्रबन्धक विक्रम अधिकारीले हस्ताक्षर गरेका हुन्।
सो सम्झौता अनुसार बैंकका ग्राहकहरुले उपरोक्त संस्थाहरूबाट उपचार गराउँदा विशेष छुट पाउनेछन्। बैंकको व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लाभान्वित हुने बैंकले जनाएको छ।