काठमाडौँ – अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाईले गरेका हुन्।
उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले संस्थाको परिचय, समग्र अवस्था, गतिविधि, भावी कार्य योजना तथा कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी दिएका थिए।
कम्पनीकाे प्रधान कार्यालयसहित हाल ३० वटा शाखा सञ्चालनमा रहेको छ। उक्त शाखामार्फत ग्राहकहरूले निर्जीवन बीमाका सम्पूर्ण सेवा सुविधाहरू तथा दावी भुक्तानी प्रदान गरिरहेको कम्पनीले जनाएकाे छ।