काठमाडौँ – ज्योति विकास बैंक लिमिटेड र सानिमा जेनरल इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र इन्स्योरेन्सको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
बैंकको केन्द्रीय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत उक्त इन्स्योरेन्सको निर्जीवन बीमा योजनाहरु विक्री गर्ने एवं अभिकर्ता तथा बीमीतहरूलाई छिटो, छरितो एवं भरपर्दो सेवा पुर्याउने उद्देश्यले दुई संस्थाका बीच बैंकास्योरेन्स सम्झौता भएको कम्पनीले जनाएको छ।