काठमाडौँ – माछापुच्छ्रे बैंक लिमिटेडले डडेल्धुरामा थप दुई शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। बैंकले डडेल्धुराको अजयमेरू गाउँपालिका–२ स्थित चमाडार, अमरगढी नगरपालिका–७ स्थित पोखरामा थप २ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो। उक्त थप शाखासहित बैंकको बैंकिङ सेवा १००औँ पुगेको छ।
माछापुच्छ्रे बैंकको हालसम्म थपसहित १ सय शाखारहित बैंकिङ्ग सेवा सुचारू भइसकेको बैंकले जनाएको छ। ग्राहक सेवा केन्द्रको रूपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ।
बैंकको हालसम्म मूलुकभर १ सय १ वटा शाखा, १ सय २२ वटा एटीएम र १ सय शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।