काठमाडौँ – सिभिल बैंक लिमिटेडले झापाको सुरुङ्गामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। साे नयाँ शाखासहित बैंकको कुल शाखा संख्या ७५ पुगेकोे छ। उक्त शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गरेका हुन्।
कार्यक्रममा पोखरेलले नेपाललाई समृद्धितर्फ लैजान सबैले नेपाल सरकारले जस्तै आफ्नो व्यक्तिगत बजेट बनाई आफ्नो सम्भाव्य खर्चहरूको उचित व्यवस्थापन गरी बचेको रकमलाई बैंकमा जम्मा गरी उत्पादनमुलक क्षेत्रमा लगानी गर्नको लागि आवश्यक पूँजीको निर्माण गर्न आग्रहसमेत गरेका छन्।