काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीइओ) मा समिरशेखर बज्राचार्य नियुक्त भएका छन्।
त्रिभुवन विश्व विद्यालयबाट एमबीए गरेका बज्राचार्य यसअघि गण्डकी विकास बैंक लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेका थिए। बज्राचार्यसँग विभिन्न बैंक तथा वित्तीय संस्थाहरुमा करीब १८ वर्ष काम गरेको अनुभव छ।
यसअघि बैंककाे डेपुटी सीइओ तारा मानन्धर रहेका थिए। मानन्धरले छोटो समयमै छाडेर अर्को संस्था गएपछि यो पद रिक्त थियो। हाल बैंककाे देशभर १ सय १४ शाखा र २२ एटीएमबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएकाे छ।