काठमाडौँ – साधना लघुवित्त वित्तीय संस्थाकाे विशेष साधारणसभा हुने भएकाे छ। संस्थाकाे विशेष साधारणसभा जेठ २५ गते होटल सत्यम गोरखामा हुने भएकाे छ। सभा बिहान ११ बजे शुरु हुने संस्थाले जनाएकाे छ।
कम्पनीले जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकका अनुसार सो साधारण सभा गर्ने निर्णय गरेको हो। साधारण सभाको प्रस्तावमा साधना लघुवित्तले आर्थिक समृद्धि लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने रहेको छ। प्राप्तिपश्चात आर्थिक समृद्धि लघुवित्तको एक सय कित्ता बराबर साधनाको ८० कित्ता शेयर स्वामित्व कायम हुनेछ।
सभामा दुई लघुवित्त मर्जर पनि सत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावमा पनि रहेको छ। यसैगरी, संस्थाको सञ्चालक समितिका सदस्य तथा प्रमुख कार्यकारी अधिकृत र निजहरुको कार्यकालकाे सम्बन्धमा पिन छलफल हुने भएको छ।