काठमाडौँ – नेपाल बंगलादेश बैंकले आज शुक्रबारदेखि २० लाख युनिट (इकाई) ऋणपत्र निष्कासन खुला गरेको छ। बैंकले प्रतिइकाइ १ हजार अंकित दरमा २० अर्ब रुपैयाँ बराबरको ऋणपत्रको विक्री खुला गरेको हो।
कम्पनीले सामूहिक लगानी कोषलाई ५ प्रतिशत अर्थात ४० हजार युनिट छुट्याइएको छ भने ८ लाख युनिट सर्वसाधारणका लागि विक्री खुला भएको हो। यसैगरी, बाँकी १२ लाख युनिट भने बैंकले व्यक्ति वा संघसंस्थालाई बिक्री गर्ने भएको छ।
बैंकले ‘१० दशमलव २५ एनबीबीएल डिबेन्चर २०८५’ नाममा ऋणपत्र जारी गर्न लागेको ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत व्याज प्रदान गर्ने बैंकले जनाएको छ। यस्तै, बैंकको व्याज रकमको भुक्तानी अर्धवार्षिक रुपमा गरिने ऋणपत्र १० वर्षमा परिपक्व हुनेछ।
यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ। लगानीकर्ताले प्रतियुनिट १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि अधिकतम १ लाख युनिटसम्म आवेदन दिन सक्नेछन्।
यो ऋणपत्रमा छिटोमा जेठ १४ गते र ढिलोमा ८ असासम्म आवेदन दिन सकिनेछ। त्यस अवधिमा आवश्यक मात्रामा बिक्री नभएमा भने असार ८ गतेसम्म भर्न सकिनेछ। यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले औसत जोखिम जनाउने ‘एलबीबीबी प्लस’ रेटिङ दिएको छ ।
यो ऋणपत्र बिक्रीबाट आएको रकममध्ये ७० प्रतिशत कर्जा लगानी, १० लगानी, १० प्रतिशत शाखा विस्तार र १० प्रतिशत अन्य प्रयोजनका लागि उपयोग हुनेछ। नेपाल बंगलादेश बैंकको सबै शाखा र सी–आस्वाको माध्यमबाट यसमा आवेदन दिन सकिनेछ।