काठमाडौँ – ग्लोबल आइएमई बैंक लिमिटेड र सूर्यलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्य लाइफ इन्स्योरेन्सकोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरेका छन्।
यस सम्झौतापश्चात ग्लोबल आईएमई बैंकका १ सय ३७ वटा नै शाखामार्फत सूर्य लाइफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमासम्बन्धी सम्पूर्ण सेवाहरु प्राप्त गर्न सकिनेछ।