काठमाडाैँ – ओम डेभलपमेन्ट बैंक लिमिटेड र सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र सूर्या लाईफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी शिवनाथ पाण्डेले हस्ताक्षर गरेका हुन्।
यस सम्झौतामा बैंकले आफ्नो ग्राहक तथा कर्मचारीकोे विभिन्न प्रकारको जीवन बीमा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीबाट सहजरुपमा गर्ने व्यवस्था गरिने भएको छ।
यसका साथै बैंकका ग्राहकले बैंकका ५३ शाखाबाट सबै प्रकारका जीवन बीमा लेख प्राप्त गर्दै दावी भुक्तानी सहज रुपमा लिनसक्ने कम्पनीले जनाएको छ।