काठमाडौँ – नेपाल इन्भेष्टमेन्ट बैंकलाई ऋणपत्र विक्री गर्न धितोपत्र बोर्डले अनुमति दिएको छ। जसमा बैंकलाई २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धिताेपत्र बाेर्डले अनुमति दिएकाे हाे।
बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २० लाख इकाई ऋणपत्र विक्री गर्न अनुमति पाएको हो। यसमध्ये ८ लाख इकाई सर्वसाधारणका लागि खुला हुने भएकाे छ। यसैगरी, बाँकी १२ लाख इकाई भने बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ। यसमा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले लिएकाे छ।
यस ऋणपत्रमा वार्षिक १० दशमलव ५५ व्याजदर तोकिएको छ भने बैंकले १० दशमलव ५५ नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८२ नाममा ऋणपत्र जारी गर्न लागेको हो। यो ऋणपत्रलाई रेटिङ एजेन्सी इक्रा नेपालले न्यून कर्जा जोखिम जनाउने एलए प्लस रेटिङ दिएको छ।