काठमाडौँ – हिमालयन बैंक लिमिटेडले जनकपुरधाम उपमहानगरपालिका–१, स्टेशनरोडमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ। यो शाखासहित हिमालय बैंकको ५८औँ शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखाको उद्घाटन प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन्।
सो अवसरमा प्रमुख अतिथि राउतले यस नयाँ शाखा कार्यालयमार्फत हिमालयन बैंकले अत्याधुनिक बैंकिंङ सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले जिल्लावासीलाई सहयोग पुर्याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।