काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडले काठमाडौँको टोखामा आफ्नो नयाँ शाखा विस्तार गरेको छ। उक्त शाखाको उद्घाटन टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले गरेका हुन्।
ग्रामीण तथा शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने उद्देश्य रहेको यस बैंकको मुलुकभर २ सय ८३ शाखा कार्यालयहरु, २ सय ८९ एटीएम, ४१ वटा एक्सटेन्सन काउन्टर एवं २६ वटा शाखारहित बैंकिङ्ग ईकाइमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकले जनाएको छ।