काठमाडाैँ - आईपीएलअन्तर्गत दिल्ली क्यापिटल्स र बैङलोरबीचको खेल जारी छ। बैंगलोरविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको सन्दीप लामिछाने आबद्ध दिल्ली क्यापिटल्सले १ सय ८८ रनको सम्मानजनक योगफल तयार गरेको छ।
निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन जोडेको दिल्लीका लालि शिखर धवन ५० र श्रेयर अयरले ५२ रन बनाए।
घरेलु मैदानमा भईरहेको यो खेलको नतिजा आफ्नो पक्षमा पार्न सके दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिँदै प्ले अफमा पनि स्थान लगभग सुनिश्चित गर्ने छ। बैंगलोर भने अगाडि बढ्ने होडबाट लगभग बाहिरिसकेको छ।
यसअघिका ५ खेलबाट ८ विकेट चट्काएका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेमाथि सम्पूर्ण नेपाली समर्थकको ध्यान खिँचिएको छ।