काठमाडाैँ । गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
रेसुङ्गा नगरपालिका–४ सेतीखोलास्थित डुङडुङे भिरबाट खसेर ३७ वर्षीया तारा बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। धुर्कोट गाउँपालिका–६ स्थायी घर भएकी बस्नेत हाल रेसुङ्गा नगरपालिका–२ छापटोलामा भाडामा बस्दै आएकी थिइन्। बुधबार बिहान करिब १० बजे उनी भिरबाट खसेको र मृत अवस्थामा रहेको सूचना प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थल पुगेको थियो। सुरक्षाकर्मीको टोलीले घटनास्थलबाट उनको उद्धार गरेको जनाइएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।