काठमाडौं।कपिलवस्तुको शिवराज नगरपालिका–१ चोरखोलामा सडकको माथिल्लो भागबाट खसेको ढुंगाले बसमा सवार चार जना यात्रु घाइते भएका छन्।
प्रहरीका अनुसार मंगलबार राति करिब १ः३० बजे चितवनबाट बर्दियातर्फ जाँदै गरेको सु।प।प्र। ०१–००१ ख ३७७० नम्बरको बसमाथि अचानक ढुंगा खसेको थियो। ढुंगा खस्दा बसभित्र रहेका ३० यात्रुमध्ये चार जना सिटले च्यापिएर घाइते भएका हुन्।घटनाको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं। २९ ज्वालामाई गण दाङबाट सशस्त्र प्रहरी नायब उपरीक्षक बाबुराम थापाको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। टोलीले बसभित्र च्यापिएका चारै जनालाई उद्धार गरेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ का ३७ वर्षीय द्ववारीका प्रसाद थारु र ३५ वर्षीय सुरेशलाल थारु, चितवनको भरतपुर महानगरपालिका–११ की २० वर्षीया सलिना सुनार तथा कञ्चनपुरको भीमदत्त नगरपालिका–१० की ४० वर्षीया भगवती कँडेल रहेका छन्।उद्धारपछि उनीहरूलाई उपचारका लागि दाङको भालुवाङ अस्पताल लगिएको छ। प्रहरीले चारै जना घाइतेको अवस्था सामान्य रहेको जानकारी दिएको छ।