काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा गरी ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २ सय ६१ रुपैयाँ संकलन भएको हो।विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने उद्देश्यले यी कोषमा रकम जम्मा भइरहेको सरकारले जनाएको छ।संकलित रकम बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत र पुनःस्थापनामा प्रयोग गरिने बताइएको छ।