काठमाडौँ । तारकेश्वर नगरपालिका क्षेत्रभित्र आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार एक सूचना जारी गर्दै तारकेश्वर नगरपालिका क्षेत्रका विद्यालय आइतबार पनि संञ्चालन गर्ने जनाएको छ । विभिन्न नीजि विद्यायलका ५ वटा संगठनले संयुक्त रुपमा विज्ञाप्ती जारी गर्दै विद्यालय आईतबार पनि सञ्चालन गर्ने बताएका छन् ।
नेपाल सरकारको मन्त्रीपरिषद्ले आइबार पनि छुट्टि दिने निर्णय गरेको थियो । तर आफुहरुले आईतबार संञ्चालनका लागि विभिन्न ५ वटा आधार बनाएर उक्त निर्णय गरेको संस्थागत विद्यालयका अध्यक्षहरुद्धारा हस्ताक्षरीत विज्ञाप्तीमा भनिएको छ । प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले साउन ३१ गते संयुक्त विज्ञप्ति जारी गर्दै स्थानीय तहको संवैधानिक अधिकार र सरोकारवालाको सहमतिमै आइतबार विद्यालय खोलिएको स्पष्ट पारेका हुन्।
सरकार परिवर्तनसँगै शिक्षा क्षेत्रमा सुधारका प्रयास हुनु सकारात्मक भए पनि विद्यालय शिक्षाको सञ्चालन र रेखदेखको संवैधानिक अधिकार स्थानीय तहलाई नै रहेको विज्ञप्तिमा स्मरण गराइएको छ। फरक भूगोल र मौलिक परिस्थितिअनुसार अभ्यास गर्दै विद्यार्थीकेन्द्रित गुणस्तरीय शिक्षा प्रदान गर्नु मुख्य ध्येय हुनुपर्ने संगठनहरूको भनाइ छ।
विज्ञप्तिअनुसार अभिभावक तथा विद्यालय सञ्चालकहरूको अनुरोध, सामुदायिक विद्यालय र सम्पूर्ण सरोकारवालासँगको आवश्यक छलफलपछि नै नगरपालिकाले यो निर्णय लिएको हो। निजी विद्यालयका चारै संगठनले जबर्जस्ती विद्यालय बन्द गराउनुभन्दा सबै सरोकारवालाको रायसुझाव लिएर उपयुक्त वातावरण निर्माण गर्न आग्रह गरेका छन्। स्थानीय सरकारले सरोकारवालाहरूसँग छलफल गरेरै निर्णय लिएकाले सबैलाई अपनत्व हुने गरी अघि बढ्नुपर्ने उनीहरूको निष्कर्ष छ।
