काठमाडौं । ३५ वर्षमुनिका युवा इन्जिनियर नीरोज लामिछाने नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्की–१ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।
इन्जिनियरिङ पेसासँगै राजनीतिक तथा सामाजिक गतिविधिमा सक्रिय लामिछाने युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन्। महाधिवेशनमा युवा प्रतिनिधिका रूपमा सहभागी लामिछानेले नयाँ पुस्ताको सहभागिता, युवाका सवाल तथा समसामयिक विषयलाई पार्टीको नीति निर्माण र नेतृत्व तहमा प्रभावकारी रूपमा उठाउने बताएका छन्। ३५ वर्षमुनिका युवा प्रतिनिधिका रूपमा उनको सहभागिताले पार्टीको महाधिवेशनमा नयाँ पुस्ताको उपस्थितिलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।