काठमाडौँ । प्रतीक्षित भारतीय फिल्म ‘टक्सिकः अ फेयरीटेल फर ग्रोन–अप्स’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ४ मिनेटभन्दा लामो ट्रेलरमा अभिनेता यश एकदमै डार्क ग्याङ्स्टर लुक र दोहोरो भूमिका मा देखिएका छन्। ट्रेलरले हिंसा, विश्वासघात, शक्ति संघर्ष र रहस्यमय सम्बन्धले परिपूर्ण एक खतरनाक ग्याङ्स्टर संसारको कथा प्रस्तुत गरेको छ।
यस ट्रेलरको मुख्य आकर्षण भने अभिनेता यशको दोहोरो भूमिका नै बनेको छ। उनी फिल्ममा ‘राया’ र ‘रूमी’ नामक दुई भिन्न र रहस्यमयी पात्रमा पर्दामा उत्रिने संकेत देखिएको छ। ट्रेलरभरि यशको नयाँ, स्टाइलिस र आक्रामक ग्याङ्स्टर अवतार हाबी रहेको प्रष्ट हुन्छ।
ट्रेलरमा देखिएका उत्कृष्ट दृश्यहरू, सिनेमाटोग्राफी, दमदार एक्सन कोरियोग्राफी र रोमाञ्चक ब्याकग्राउन्ड स्कोरले फिल्मको भव्यता र स्तरलाई झल्काएका छन्। यशका साथै यस फिल्ममा कियारा आडवाणी, नयनतारा, हुमा कुरैशी, तारा सुतारिया र रूक्मिणी वसन्तजस्ता चर्चित कलाकारहरूको प्रमुख अभिनय रहेको छ।
प्रतिभावान निर्देशक गितु मोहनदासको निर्देशनमा तयार भएको ‘टक्सिक’ एक पिरियड ग्याङ्स्टर एक्सन ड्रामा फिल्म हो। यो बहुप्रतीक्षित फिल्म आगामी २६ अगस्ट (भदौ १०) देखि विश्वव्यापी रूपमा हलहरूमा प्रदर्शनमा आउँदैछ। निर्माताहरूले नेपालमा पनि सोही मितिमा फिल्म रिलिज गर्ने तयारी गरेका छन्।
ट्रेलर हेर्न लिंक खोल्नुहोस
https://www.youtube.com/watch?v=G5hWlD5zfhw&t=1s