काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलको हिरासत अवधि पुनः पाँच दिनका लागि थपिएको छ।
विशेष अदालतले बुधबार अनुसन्धान जारी राख्न आवश्यक रहेको भन्दै चौथोपटक पाँच दिनको म्याद थप्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थप अनुसन्धानका लागि म्याद माग गर्दै अदालतमा निवेदन दिएको थियो। न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले विभागको मागअनुसार पाँच दिनको म्याद थप गर्ने आदेश दिएको हो।