काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले एमाले सांसद राजेन्द्रकुमार राईको अभिव्यक्ति सदनबाट हटाउन निर्देशन दिएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकमा राईले सभामुखले ‘कान सुन्नुहुन्छ कि सुन्नुहुन्न ?’ भनेका थिए ।
त्यसपछि सभामुखले उनलाई बोल्न रोकेका थिए ।
सोही विवादका क्रममा राईले सभामुखको ‘खुट्टी’ हेरेको छु भन्ने अभिव्यक्ति पनि दिएका थिए । सोही कारण बैठक १५ मिनेटका लागि स्थगित भएको थियो।
त्यसपछि बसेको बैठकमा राईले आफ्ना कुरा राखे । अनि सभामुखले आजको बैठकमा राईले प्रयोग गरेको सम्पूर्ण शब्द हटाउन निर्देशन दिए । “माननीय सदस्य राजेन्द्रकुमार राईले यसअघि बोल्नेक्रममा प्रयोग गर्नुभएको सम्पूर्ण शब्द संसदीय अभिलेखबाट हटाउन म सचिवालयलाई निर्देशन गर्दछु,” सभामुखले भने ।