काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाबीच आज भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटवार्तामा नेपालको विकास प्राथमिकता, पूर्वाधार निर्माण तथा एडीबीको लगानीका विविध आयामबारे छलफल भएको छ ।
प्रधानमन्त्री बालेनको निजी सचिवालयले भेटवार्ता भएको जानकारी गराए पनि के विषयमा छलफल भयो भन्ने विषय सार्वजनिक गरेको छैन ।