काठमाडौँ । नेपालमा यस वर्ष धान रोपाइँको गति गत वर्षको तुलनामा सुस्त देखिएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गत कृषि विभागले आज निकालेको तथ्याङ्क अनुसार मनसुन ढिलो सक्रिया हुँदा देशभरि रोपाइँ प्रभावित भएको हो।
विभागका अनुसार मुलुकभर हालसम्म कुल धान रोपाइँ हुनसक्ने क्षेत्रफलको करिब ३२.३८ प्रतिशत भूभागमा मात्र रोपाइँ सम्पन्न भएको छ । गत वर्ष २०८२ सालको असार २२ गतेसम्ममा नेपालभर ४५.० प्रतिशत क्षेत्रमा रोपाइँ भइसकेको तुलनामा यस वर्षको सोही अवधिसम्मको प्रगति करिब साढे १२ प्रतिशतले न्यून देखिएको हो ।
हालसम्म नेपालको कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती योग्य क्षेत्रफलमध्ये ४ लाख ४३ हजार ५ सय ९५ दशमलव शून्य ९ हेक्टरमा मात्र रोपाइँ सकिएको छ ।
