काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले बर्डफ्लुको हल्लाका कारण देशभरका बोइलर कुखुरा किसान प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा उनले बर्डफ्लुको त्रासले कुखुराको मासु र अण्डाको माग घट्नुका साथै बजार मूल्यमा कमी आउँदा किसानको लगानी जोखिममा परेको बताइन्। उनले संक्रमण पुष्टि नहुँदै नेपाल टेलिकमको रिङटोनमार्फत त्रास फैलाउने सूचना प्रसारण गरिएको भन्दै सरकारसँग त्यसको आधार स्पष्ट पार्न माग गरिन्। सांसद तामाङले यदि बर्डफ्लु संक्रमण पुष्टि भएको हो भने त्यसको नियन्त्रण, रोकथाम, किसानको संरक्षण तथा तथ्यमा आधारित सूचना प्रवाहका लागि सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिइन्।