काठमाडौँ । चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा अशोक चौधरीले सहमहामन्त्री पदमा उम्मेदवारी दिएका छन्।
नेता चौधरीले तल्लो तहका कार्यकर्ताको आवाज केन्द्रीय नेतृत्वसम्म पुर्याउने उद्देश्यले आफूले उम्मेदवारी दिएको बताएका छन्। उनले आफ्नो दाबी पार्टी सुदृढीकरण, संगठनात्मक एकता र कार्यकर्ता सम्मानसँग जोडिएको पनि उल्लेख गरेका छन्। संस्थापक केन्द्रीय सदस्यसमेत रहेका चौधरी हाल प्रतिनिधिसभा सदस्य तथा कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति हुन्। उनी समावेशितामार्फत पार्टीमा नयाँ राजनीतिक संस्कार स्थापित गर्नुपर्ने पक्षमा रहेका छन्।