काठमाडौँ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता राजेन्द्र खरेल को पार्थिव शरीरमा नेपाली कांग्रेसका सभापति गगन थापा ले पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको पार्थिव शरीरमा सभापति थापासहित उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, सहमहामन्त्री उदय राणा, कोषाध्यक्ष उमेश श्रेष्ठ लगायतका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरेका हुन्। दमसम्बन्धी समस्याका कारण उपचाररत ८० वर्षीय खरेलको आइतबार राति निधन भएको थियो। उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपास्थित पार्टी कार्यालयमा राखिएको छ। खरेलको अन्त्येष्टि आज दिउँसो १ बजे पशुपति आर्यघाट मा गर्ने कार्यक्रम तय गरिएको छ।