काठमाडौँ । हुम्लामा आइतबार भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दिउँसो २ः३२ बजे हुम्लाको श्रीनगर आसपास केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्पको धक्का हुम्ला तथा आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको जनाइएको छ। हालसम्म कुनै ठूलो क्षतिको विवरण भने प्राप्त भएको छैन। यसअघि गत जेठ २९ गते सङ्खुवासभाको च्याम्ताङ आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो।