काठमाडौँ । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सहभागीहरूलाई शुभकामना व्यक्त गरेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपाले अघि सारेको देश निर्माण र समृद्धिको लक्ष्यसँग आफू पनि सहमत रहेको बताए। उनले आफूले पनि विगतदेखि नै त्यस्तै प्रकारको देश बनाउने सपना देख्दै आएको उल्लेख गरे। राउतका अनुसार देशमा परिवर्तन र विकास ल्याउने चाहना केवल एउटा पार्टी वा समूहमा सीमित नभई धेरै नागरिक र राजनीतिक दलहरूमा साझा रूपमा रहेको छ। उनले रास्वपाका प्रतिनिधिहरूले देखाएको उत्साह र उद्देश्य सराहनीय रहेको टिप्पणी गरे। उनले आफूलाई रास्वपाको प्रतिस्पर्धी नभई सहयात्रीको रूपमा प्रस्तुत गर्दै सहकार्य र साझा उद्देश्यका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए। साथै, उनले देशको समृद्धिका लागि राजनीतिक दलहरूबीच स्वस्थ संवाद र समझदारी आवश्यक रहेको पनि बताएका छन्।