काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित गेस्ट हाउस चौरमा आजदेखि सुरु हुँदैछ।
महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली तथा नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन सहभागी भएका छन्। उनीहरू शुभकामना दिन कार्यक्रम स्थलमा पुगिसकेका हुन्। रास्वपाले विभिन्न राजनीतिक दलका नेतालाई पनि अतिथिका रूपमा आमन्त्रण गरेको छ। कार्यक्रममा महामन्त्री कविन्द्र बुर्लाकोटी, परराष्ट्रमन्त्री शिशिर खनाल र प्रवक्ता मनिष झा लगायतका नेताहरूको उपस्थिति रहेको छ। यता प्रधानमन्त्री बालेन शाह, पार्टी सभापति रवि लामिछाने तथा अन्य शीर्ष पदाधिकारीहरू भने अझै कार्यक्रममा आइपुगेका छैनन्। दिउँसो १ बजे उद्घाटन गर्ने भनिए पनि कार्यक्रम हालसम्म सुरु हुन सकेको छैन।