काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशन हुने भरतपुर महानगरपालिका–१ स्थित गेस्टहाउस चोक आसपासको कार्यक्रमस्थलमा वर्षापछि पानी जमेको छ।
गएरातिको वर्षाले स्थलको केही भाग जलमग्न बनेपछि आयोजक टोली व्यवस्थापनमा जुटेको छ। महाधिवेशनका कार्यक्रम प्रभावित नहोस् भन्ने उद्देश्यले डोजर प्रयोग गरी माटो हाल्ने तथा जमिन सम्याउने काम तीव्र रूपमा भइरहेको छ। आयोजकका अनुसार कार्यक्रमस्थललाई सुरक्षित र व्यवस्थित बनाउन आवश्यक तयारी जारी रहेको छ। पानी जमेको क्षेत्रमा माटो भराइ गरेर आवागमन तथा कार्यक्रम सञ्चालनमा सहजता ल्याउने प्रयास गरिएको छ।