सर्लाही । सर्लाहीको मलङ्गवाबाट प्रहरीले स्रोत नखुलेको ३२ लाख नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीले मलङ्गवा नगरपालिका वडा नं। १० स्थित झिम पुलमा चेकजाँच गर्ने क्रममा उक्त रकमसहित उनीहरूलाई पक्राउ गरेको हो ।
भारततर्फबाट नेपालतर्फ आउँदै गरेको म।प्र। ०५–००१ प ११०६ नम्बरको मोटरसाइकल चालकमाथि शंका लागि जाँच गर्दा अवैध रकम फेला परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सर्लाही रामनगर गा।पा। वडा नं। ३ का २८ बर्षिय गुड्डु कुमार याद र सोही ठाँउका वर्ष २४ को रुपेश कुमार यादवलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका दुवै जनालाई ’हुन्डी मुद्दा’ अन्तर्गत असार ५ गतेदेखि लागू हुने गरी अदालतबाट ७ ९सात० दिनको म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
