काठमाडौँ। सरकारले बैशाख र जेठ महिनामा सम्पन्न मन्त्रिपरिषद्का बैठकबाट भएका विभिन्न निर्णयहरू सार्वजनिक गरेको छ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्त अवधिमा मन्त्रिपरिषद्ले गरेका प्रमुख निर्णयहरूको जानकारी दिएका हुन्। उनका अनुसार बैठकहरूमा विभिन्न मन्त्रालयसँग सम्बन्धित नीतिगत, प्रशासनिक, कानुनी तथा विकास निर्माणका विषयमा महत्वपूर्ण निर्णयहरू गरिएको छ। ती निर्णयहरू सरकारको सेवा प्रवाह सुधार, विकास कार्यलाई गति दिने तथा प्रशासनिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ गरिएको बताइएको छ। सरकारले सार्वजनिक गरेका निर्णयहरूमा विभिन्न क्षेत्रका योजना, कार्यक्रम तथा प्रशासनिक व्यवस्थासम्बन्धी विषयहरू समेटिएका छन्।