काठमाडौँ। आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटमाथि संसद्मा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले दिने भएका छन्।
प्रधानमन्त्रीले सम्हालेका रक्षा मन्त्रालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयसँग सम्बन्धित बजेट शीर्षकहरूमा उठेका प्रश्नहरूको जवाफ पनि अर्थमन्त्री वाग्लेले नै दिने कार्यसूची रहेको छ। यसअघि पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले संसद्मा जवाफ दिएका थिए। बजेट छलफलमा समेत सोही अभ्यास दोहोरिने भएको हो। अर्थमन्त्री वाग्लेले अर्थ मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ पनि आजै संसद्मा दिने कार्यसूची छ।