काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने बताएकी छन्।
प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत उद्योग मन्त्रालयको शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले उद्योग सञ्चालनसँगै कपासखेती पनि अघि बढाइने जानकारी दिइन्। मन्त्रीका अनुसार हेटौँडा कपडा उद्योगलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याइनेछ भने कपडा र धागो उद्योगलाई पुनः सक्रिय बनाउन आवश्यक तयारी भइरहेको छ। उनले पेट्रोलियम पदार्थमा इथानोल मिसावट गर्ने प्रक्रिया पनि अघि बढिसकेको बताएकी छन्।