काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा परेको भन्दै पूर्वाधार विकास मन्त्री सुनिल लम्साललाई ४ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ।
महासंघले पत्रमार्फत मूल्यवृद्धिका कारण प्रभावित ठेक्कामा तत्काल मूल्य समायोजन, सबै प्रभावित आयोजनाको एकमुष्ट म्याद थप, रुग्ण आयोजनाको वैज्ञानिक व्यवस्थापन तथा कालोसूचीमा रोक र मन्त्रालयबाट जारी अव्यावहारिक निर्देशन फिर्ता लिन माग गरेको छ।
मंगलबार भेटपछि मन्त्री लम्सालले निर्माण व्यवसायीका समस्याप्रति सरकार संवेदनशील रहेको बताउँदै दीर्घकालीन तथा व्यावहारिक समाधानका लागि मन्त्रालयले आवश्यक गृहकार्य र समन्वय गरिरहेको जानकारी दिए।