धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि प्रदेश सभाको बैठक आज राति नौ बजे बोलाइएको छ ।
साँझ ५ बजेका लागि बोलाइएको बैठकमा प्रदेश सरकारले बजेट प्रस्तुत गर्न नसक्ने भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थिगित गरिएको सूचना जारी गरिएको थियो ।
सभामुखको आदेशमा राति ९ बजेको लागि बैठक बोलाइएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।